काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगीमा जेलमा बसेका व्यक्तिका लागि चन्दा पनि माग्ने प्रवृत्ति ठगी भएको बताएका छन् ।शनिबार संसद भवन, नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘जेलमा बस्दा होस् वा बाहिर रहँदा हुन् ठग्न नछोड्ने प्रवृत्ति व्यापक रुपमा भएको छ ।’
उनले प्रश्न गर्दै भने, ‘जेलमा परेको छु, चन्दा उठाउन थाल भनेर चन्दा उठाउन थाले भने के गर्नु हुन्छ ? मान्छेहरू यस्ता पनि देखिन थालेका छन् ।’‘गलत गरेको मान्छे राजनीतिमा गलत गर्ने त्यो गलतलाई छोप्न राजनीतिक आड दिने र आउने प्रवृत्ति भयो भने त्यो राम्रो हुँदैन,’ उनले भने, ‘हस्ताक्षर गर्न पाइन्छ । ठगी गर्न पाइँदैन । हस्ताक्षर गरौँ । हस्ताक्षर गर्दा पनि चन्दा लिने ? सहि पनि गर्न लगाउने, चन्दा पनि देउ भन्ने ?’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij