Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भुसमा छोपेर लैजाँदै गरिएको २ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ

भुसमा छोपेर लैजाँदै गरिएको २ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ

बारा : बारा प्रहरीले भुसमा छोपेर लैजाँदै गरेको पिक अप भ्यानबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । शनिबार वीरगन्ज र बाराको सिमानामा रहेको गण्डक चोकबाट प्रहरीले २ क्विन्टल भन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।

गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–४ निवासी रवि कार्की, वडा नम्बर १२ निवासी वीरबहादुर मोक्तान तथा हेटौँडा १४ निवासी साजन मोक्तान र धादिङ खाक्रे गाउँपालिका निवासी महेश तामाङ रहेका छन् ।

प्रहरीको विशेष टोलीले बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअपबाट २ क्विन्टल १२ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डित बताए ।

उनका अनुसार गाँजा तस्करी भइरहेको भन्ने सूचना बमोजिम प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला परेको हो । प्रहरीले गाँजासहित पिक अप र बागमती प्रदेशको २–०२७ प २७०० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, पिक अप, मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बाराको हिरासतमा राखिएको उनले बताए । उनीहरूमाथि लागु औषध सम्बन्धीको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट