मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ्ग लाग्दा ७ बर्सिया बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छिन्।असार १३ गते साँझ करिब ५:३० बजे घरमै बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ्ग लाग्दा युनिका प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा छोरी युनिकालाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा राति करिब ८:५२ बजे उनको मृत्यु भएको मनहरी अस्पतालले जनाएको छ। चट्याङ्ग लागेर युनिका प्रजाकी आमा, २६/२७ बर्सिया रविना प्रजा पनि घाइते भएकी छन्। उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।मृतकको शव पोस्टमार्टमको लागि पठाइएको र घटनाको थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij