Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

अर्घाखाँची : अर्घाखाँचीमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् ।​ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३२ वर्षीय भाइ वमबहादुरको हत्या गरेको आरोपमा शितगंगा नगरपालिका–६ पाखापानीका ​४२ वर्षीय विष्णु भनिने टेकबहादुर बादीलाई पक्राउ गरिएको हो ।

दाजु-भाइबीच लामो समयदेखि विवाद रहँदै आएको बताइएको छ । बिहीबार साँझ दुवै जनाले मदिरा सेवन गरेका थिए । त्यहीबेला उनीहरूको विवाद शुरू भएको हो ।

विवाद बढ्दै गएपछि विष्णुले भाइको टाउकोमा बन्चरो प्रहार गरेको अर्घाखाँची प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका वमबहादुरलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगेका थिए ।

उनको उपचारको क्रममा राति १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका विष्णुबहादुरलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट