Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

पोखरा १३, असार, : पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।

पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको थियो । उहाँको प्रहरी र स्थानियले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) उपचारकै क्रममा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

उक्त घटना आज करिब १२ः३० बजे भएको को । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । उक्त दुर्घटना भए पश्चात केही समय सडक अबरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट