सुनसरी : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोला पुल नजिकैबाट ७५ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।प्रहरी चौकी भरौलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धरानबाट पकलीतर्फ जाँदै गरेको को १ ह ९५१० नम्बरको अटो जाँच गर्दा ३ वटा कालो प्लास्टिकको झोलामा लुकाइराखिएको अवस्थामा लागूऔषध गाँजा बरामद गरेको हो। उक्त कारबाही राति ११ः२० बजे गरिएको थियो।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय सुरतलाल चौधरी रहेका छन्। चौधरीले अटोको सिटमुनी लुकाएर गाँजा ओसारपसार गरिरहेको अवस्थामा फेला परेका हुन्।
प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानमा गाँजाको कारोबारमा संलग्न अन्य व्यक्ति र समूहको पहिचानका लागि थप खोजी भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाउने क्रममा पछिल्ला दिनमा जिल्लाभित्रै एकपछि अर्को सफलता हात पारिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij