१३ असार, काभ्रे : काभ्रेको बनेपा नगरपालिका वडा नं १२ बाँसडोलमा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चाइनिज इट्टाभट्टामा काम गर्ने रोल्पा जिल्ला मादी ६ का वर्ष ४२ को अमृत घर्तीमगर छन् ।
उनी सोही भट्टामा रहेको ट्रस्टमा जस्ताको छानोबाट पानी चुहिएकोले छानामा प्लाष्टिक ओढाउने क्रममा चिप्लिएर लडेको प्रहरी चौकी साँगाका हवल्दार बेलबहादुर श्रेष्ठले जानकारी दिए ।छानामा प्लाष्टिक ओढाउने क्रममा लडेर घाइते भएका घर्तीमगरको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij