Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बलात्कार आरोपमा पक्राउ परे रुकुम पश्चिमका वाईसीएल नेता

बलात्कार आरोपमा पक्राउ परे रुकुम पश्चिमका वाईसीएल नेता

१३ असार, काठमाडौं : रुकुम पश्चिममा १७ वर्षीया  बालिकालाई जबरजस्ती  करणी गरेको आरोपमा  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय  रेशम खत्री छन् । उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।

प्रहरी अनुसन्धान त्यसलगत्तै अनुसन्धान थालेपनि उनी फरार रहँदै आएका थिए । ‘पछिल्लो समय उनी सानोभेरी गाउँपालिकामा बसिरहेको भन्ने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’पीडितले बच्चा समेत जन्माइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट