Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

युके र कतार पठाउने भन्दै ५८ लाख ठगी, काठमाडौंबाट दुई जना पक्राउ

युके र कतार पठाउने भन्दै ५८ लाख ठगी, काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं : आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। युके र कतार पठाइदिने भन्दै पीडितहरूबाट ठूलो रकम असुलेर फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये एक दोलखाको बैतेश्वर गाउँपालिका–३ स्थायी घर भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्दै आएकी ३१ वर्षीया नबिना दाहाल घिमिरे हुन्। अर्का अभियुक्त लछुमन साह तेली सर्लाहीको कौडेना गाउँपालिका–४ स्थायी बासिन्दा हुन्, जो हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ मा बसोबास गर्दै आएका छन्।

नबिनाले युके पठाइदिने लोभ देखाई दुई जना पीडितबाट ५२ लाख रुपैयाँ असुलेकी थिइन् भने लछुमनले कतार पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ६ लाख रुपैयाँ लिएका थिए। रकम लिई सम्पर्कविहीन भएको भनी पीडितहरूले उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका–२२ स्थित सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई वैदेशिक रोजगारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट