Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

त्रिशूलीमा हाम फालेर ५६ वर्षीया महिला बेपत्ता

त्रिशूलीमा हाम फालेर ५६ वर्षीया महिला बेपत्ता

काठमाडौं : धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार बिहान करिब ९ बजेतिर गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैबाट त्रिशूली नदीमा हाम फालेकी हुन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले गिरीको खोजी कार्य सुरु गरिएको जानकारी दिए । उनका अनुसार विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डमा तालिम प्राप्त सशस्त्रका टोली खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट