जिल्ला प्रहरी परिसर, काठमाडौँले सेवाग्राहीलाई दुःख, हैरानी दिएको भन्दै काठमाडौँको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलियालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ बस्ने वर्ष २९ को विकास तामाङ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ घर भइ चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष २५ को सुशील अधिकारी, सर्लाहीको बरहथवा नगरपालिका ९ का वर्ष २४ को अनिश ठकुरी, मकवानपुरका वर्ष १९ को छिरिङ लो, धादिङ, थाक्रे गाउँपालिका २ घर भएका वर्ष २७ को मनोज तामाङ र गोरखाको सिरानचोक ७ का वर्ष २४ को राजीव खत्री रहेका छन्।
असार ९ गते चन्द्रागिरि नगरपालिका ५ स्थित रहेको यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधारा काठमाडौंमा काम कारबाहीको सिलसिलामा आउने सेवा ग्राहीहरूलाई छिटो काम गरी दिने भनि अनावश्यक दुःख, हैरानी दिएको प्रहरीको आरोप छ।
उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij