Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

टिकटकर रमा बस्नेत पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

टिकटकर रमा बस्नेत पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाडौँ : विद्युतीय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई गैरकानुनी थुनामा राखेको भन्दै उनका बुवा बलदेव बस्नेत बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

सोमबार बलदेवले दायर गरेको बन्दी रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको छ ।सुनुवाइ सकिएकाले आजै बस्नेतलाई थुनामा राख्ने वा छाड्ने भन्ने आदेश आउनेछ ।

सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्‍याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट