रौतहट : जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
लागु औषध, बैंकिङ कसुर, जालसाजी, चोरी, ठगी, र कुटपिट अंगभंग जस्ता विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय सुनाइएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार, अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष प्रहरी टोली खटाएर फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ गरिएको हो।
लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा बुझाइएको छ। पक्राउ पर्नेहरूमा ३ महिनादेखि २ वर्षसम्म कैद सजाय र रु. २,००० देखि रु. १,००,००० सम्म जरिवाना तोकिएका व्यक्तिहरू छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij