Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरीको आँखा छलेर तेस्रो तल्लाबाट हाम फाल्दा

प्रहरीको आँखा छलेर तेस्रो तल्लाबाट हाम फाल्दा

काठमाडौं : म्याद थपका जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएका एक जना प्रतिवादी प्रहरीकै सामुन्ने भाग्न खोज्दा लडेर घाइते भएका छन् ।काठमाडौंको भद्रकाली, माइतीघर मण्डलास्थित सरकारी वकिल कार्यालयको तेस्रो तल्लाबाट हाम फालेका थुनुवा घाइते भएका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार चोरीको मुद्धामा पक्राउ परेका ती थुनुवालाई आइतबार म्याद थप प्रक्रियाको लागि अपराह्न ४ बजेतिर सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।

तर, उनले प्रहरी र सरकारी वकिलहरुको आँखा छलेर भाग्नका लागि फाल हाले । ती थुनुवालाई ठूलो चोट भने लागेको छैन ।‘भाग्नको लागि तेस्रो तल्लाबाट हाम फाल्दा सामान्य चोट लागेको छ’, एसएसपी अधिकारीले भने, ‘तर भाग्न सकेन, सामान्य उपचारपछि बौद्ध प्रहरी वृत्तको हिरासतमा लगिएको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट