Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सवारीमा ह्विल लक लगाउने ट्राफिक कार्यविरुद्ध उच्च अदालतमा रिट , आज सुनुवाइ

सवारीमा ह्विल लक लगाउने ट्राफिक कार्यविरुद्ध उच्च अदालतमा रिट , आज सुनुवाइ

काठमाडौँ : नगर प्रहरी र ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्यविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । आइतबार कानुनका विद्यार्थी विवेक चौधरीले ह्विल लक लगाउने कार्य संविधान, ऐन तथा विधिको शासन विपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन् । रिटमा काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महानगरीय प्रहरी बल, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विपक्षी बनाइएको छ ।

चौधरी गत चैत १५ गते उक्त रिट लिई उच्च अदालत पुगेका थिए । उच्चका रजिस्ट्रार श्रीलाल पौडेलले दरपिठ गरिदिएका थिए । गत असार ५ गते न्यायाधीश श्यामकुमार भट्टराई र कृष्णराम कोइरालाको इजलासले दरपिठ आदेश बदर गर्दै रिट दर्ताको आदेश दिएको थियो । उक्त आदेशपश्चात् आइतबार रिट दर्ता भएको हो ।

रिटमा ट्राफिक प्रहरीले सवारीमा ह्विल लक लगाउने कार्य नागरिकको मौलिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप भएको र कुनै कानुनी आधार समेत नरहेको भन्दै परमादेशको माग गरिएको छ । नगर प्रहरी र ट्राफिक प्रहरीलाई कुनै पनि सवारी साधनमा कारबाही स्वरूप ह्विल लक नगराउन माग गरिएको छ । रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश खडानन्द तिवारीको इजलासमा रिटमाथि पेसी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट