अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टोली पुरस्कृत हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्द नेतृत्वको टोलीलाई पुरस्कृत गरिने बताएका हुन्।
प्रहरीले तुलसी नाथको हत्या आरोपमा उनका सहोदर देवर नवीन नाथलाई पक्राउ गरी आज एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।डीएसपी चन्दको कमान्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij