Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गैंडाकोटमा ड्राईभर निदाउँदा बलेरो ट्रकमा ठोक्कियो, २ जना घाइते

गैंडाकोटमा ड्राईभर निदाउँदा बलेरो ट्रकमा ठोक्कियो, २ जना घाइते

गैंडाकोटमा ड्राईभर निदाउँदा बलेरो ट्रकमा ठोक्किँदा २ जना घाइते भएका छन्।आज बिहान करिब १:४२ बजेको समयमा नवलपुरको गैंडाकोट वडा नं. २ नारायणी नदी पुल नजिक पूर्व पश्चिम राजमार्गमा धादिङबाट कावासोती तर्फ जाँदै गरेको लु ३ च ४९४८ नम्बरको बलेरो चालक निदाउन गई सोहि दिशातर्फ गईरहेको लु २ ख १३५४ नं. को ट्रकको पछाडी ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

चालक मध्यबिन्दु नगरपालिका २ सेहरी बस्ने बर्ष ३९ को निम बहादुर महतो रहेका छन्।बलेरोमा सवार दुईजना घाइतेलाई उपचारको लागी नयाँ मेडिल कलेज भरतपुर चितवनमा पठाईएको प्रहरीले बताएको छ।

घाइते हुनेहरुमा बलेरोमा सवार कावासोती न.पा.७ गैह्री बस्ने बर्ष ४८ की केश मायाँ गन्द्रमा मगर रहेकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। घाईतेको नातिनी बर्ष ७ की मिनु गन्द्रमा मगरको भने टाउकोमा चोट लागेको र निजहरुको अवस्था मध्यम रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट