कैलाली : कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय सन्तोष कामीसहित १२ जना पक्राउ परेका हुन् ।
उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रुपैयाँ, ३ हजार भारतीय रुपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij