Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु

तनहुँमा गुडिरहेको बसबाट खसे यात्रु

७ असार, तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारामा गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक जना यात्रु घाइते भएका छन् ।शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना ५ ख ४८६६ नम्बरको यात्रुबाहक बस बेलचौताराको मोडमा पुगेको बेला ढोका खुला भएकै अवस्थामा एक यात्रु असन्तुलन भइ सडकमा खसेका हुन् ।

घटनापछि स्थानीय बासिन्दाले तत्काल घाइतेलाई उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा भर्ना गराएका छन् । घाइतेको अवस्था गम्भीर नरहेको र स्वास्थ्य सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ढोका गुडिरहेको अवस्थामा खुला राखिएकोले दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट