Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्लाहीमा गोली चल्यो, इन्स्पेक्टरसहित तीन जना घाइते

सर्लाहीमा गोली चल्यो, इन्स्पेक्टरसहित तीन जना घाइते

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबीच भएको झडपले उग्ररुप लिँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन्।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका हुन्।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको छ।घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट