Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ : विशेष अदालतले सफाइ दिएका दुई भ्रष्टाचार मुद्दा पुनरावलोकनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।

राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार र पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेषले २०८१ वैशाख २४ गते सफाइ दिएको थियो ।

उक्त फैसला चित्त नबुझी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय दफा र दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर गर्न माग दाबी लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट