Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो ।

न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् । सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । बहसपछि अदालतबाट तीन लाख धरौटीमा छाड्न आदेश भएको हो ।

मिश्रविरुद्ध गत चैत १५ गते घटेको तीनकुने घटनाको प्रतिवादीका रुपमा राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो । सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरेको थियो ।

494833125_2103441236801808_1170058681323316877_n494834415_1931539997583224_1155553125242026211_n507201515_1750718939657897_7274859158650543692_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट