Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

दार्चुला : महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु-याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट