Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गणेश ठाडामगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

गणेश ठाडामगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।

जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट