Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ट्राफिक प्रहरीले साबेल समातेपछि

ट्राफिक प्रहरीले साबेल समातेपछि

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँ ठाउँमा सडक खनिएको छ ।

सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ । अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ ।

सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरू आफैँ साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट