Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवलपुरमा श्रीमानले चलाएको ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु

नवलपुरमा श्रीमानले चलाएको ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु

नवलपुरको मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा आफ्नै श्रीमानले चलाएको ट्याक्टर दुर्घटना हुँदा श्रीमतीकाे मृत्यु भएको छ । मंगलबार बिहान १० बजेतिर मध्यबिन्दु नगरपालिका १५ सिमराकाे भित्री कच्ची सडकखण्डअन्तर्गत ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा अचानक पल्टिन जाँदा ट्याक्टरमा सवार ३६ वर्षीया यम कुमारी थनेत थारुको मृत्यु भएको हो ।

ट्याक्टरमा सवार चार जनामध्ये थारुको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा सवार चार जनामध्ये अन्यको अवस्था सामान्य छ । प्रहरीले मृतकका ट्याक्टर चालक ४२ वर्षीय दोरन थारूलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट