Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबी र ट्याक्टर नियन्त्रणमा

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग भएका जेसिबीलगायतका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।स्याङ्जाको पुतलीबजार नगरपालिका – १३ तोरीखोला, लाम्पाटामा सोमबार एउटा जेसिबी र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

ग १ क ३३११ नम्बरको जेसिबी र ग १ त ६६७१ नम्बरको ट्याक्टर प्रयोग गरेर अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

नियन्त्रण गरिएका सवारीसाधनहरु आवश्यक कारबाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा बुझाइएको स्याङ्जा प्रहरीले जनाएको छ । नदीजन्य स्रोतहरुको अवैध दोहनका घटना बढ्दै गएपछि निगरानी समेत बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट