Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अन्डा बोकेको बोलेरो गाडी भीरबाट खस्यो, २ जनाको मृत्यु

अन्डा बोकेको बोलेरो गाडी भीरबाट खस्यो, २ जनाको मृत्यु

दाङ : पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।आर्यभञ्याङबाट रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्वरको बोलेरो जीप भीरबाट खस्दा दुई जनाको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

पाल्पा बगनासकाली – १ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ मझुवा बस्ने सवारी धनी अन्दाजी ४६ को बिनोद ढुङ्गाना र नामथर वतन नखुलेको करिब ४५ को पुरुष रहेका छन् ।जीपचालक राजु खड्का गम्भीर घाइते अवस्थामा लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेको छ । सो गाडीले कुखुरा र अण्डा बोकेर जाँदै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट