हेटौंडा : प्रहरीले अत्याधुनिक इटालियन पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोलीले जेठ ३१ गते राक्सिराङ- १ स्थित राजु स्याङतानको घरमा खानतलासी लिने क्रममा पेस्तोल र लागुऔषध पनि बरामद गरेको हो ।इटालियन पेस्तोल, २ थान कटुवा पेस्तोल र २ किलो ७९० ग्राम अफिम र २२ किलो ८०० ग्राम गाँजा २२ बरामद भएको जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।
उनले आफू सुत्ने कोठामा ती सामान राखेका थिए । प्रहरीले उनको सिरानीबाट ८.६५ एमएम युनिभर्सल मेडइन ईटाली ०२५ लेखिएको म्याग्जिनसहितको पेस्तोल फेला पारेको थियो । १३ राउण्ड गोली पनि भेटिएको छ ।
उनले गाई गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करभित्र कपडामा बेरेर प्लाष्टिकको झोलाभित्र कटुवा पेस्तोल राखेका थिए । त्यहाँ ८ एमएम लेखेको १२ राउण्ड गोली (कार्तुस) र अफिम फेला परेको थियो ।साथै स्याङतानको घरबाट ५०० मिटरको दूरीमा रहेको चन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरेर राखेको अवस्थामा घरेलु कटुवा पेस्तोल फेला परेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij