Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भेरी पुलनजिक गाडीलाई ठक्कर दिएर टिपर चालक फरार

भेरी पुलनजिक गाडीलाई ठक्कर दिएर टिपर चालक फरार

सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्।

सोमबार बिहान साढे ७ बजे सुर्खेतको भेरीगंगा नगरपालिका-२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले क.प्र ०२००१ ख.०४३८ नम्बरको फोर्स गाडी ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सुर्खेतबाट दाङ आउँदै थियो भने टिपर छिन्चुबाट सुर्खेत जाँदै थियो।

दुर्घटनामा गाडीमा सवार चालकसहित ९ जना घाइते भएका छन्।

चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका- १२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूमा दाङको राजपुर गाउँपालिका-२ का ३२ वर्षीय भुवन चौधरी, सुर्खेतको सिम्ता गाउँपालिका- ६ का ३२ वर्षीया सरिता गरङ्जा, सल्यानको सारदा नगरपालिका- १ का ५० वर्षीय हेमराज बुढाथोकी, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका- ११ का २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन्।

उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट