Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुन र चाँदीको जलप लगाएको गहनासहित दुईजना पक्राउ

सुन र चाँदीको जलप लगाएको गहनासहित दुईजना पक्राउ

काठमाडौं : इलामबाट साढे ३२ लाख रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजना पक्राउ परेका छन् ।

सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा १७ किलो चार सय ग्राम चाँदी र पाँच किलो सुनको जलप लगाएको गहना र मालासहित नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट