काठमाण्डू, १ असार : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै स्कुटरमा सवार एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–१३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिकबाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।घाइते भएका आसिकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले २ः१५ बजे मृत घोषणा गरेको उनले बताए ।
दुर्घटनामा स्कुटरमा सवार आसिकका बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनाग्रस्त भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij