काठमाडौँ : ३९ लाख ५० हजार रुपैयाँ बिगो भएका फरक(फरक मुद्दाका तीन फरार प्रतिवादीहरू पक्राउ परेका छन्। १६ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मुना खातुन श्रेष्ठ (४५), काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० भंगाल बसोबास गर्दै आएकी थिइन्। उनलाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यसैगरी ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दाका फरार प्रतिवादी मोहमद अलि (३८), भारतीय नागरिक (कोलकत्ता, रोड नं. २) भइ हाल काठमाडौंको बुढानिलकण्ठ–कपनमा बसोबास गर्दै आएका थिए। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी अर्जुन थापा (६५), सर्लाहीको ईश्वरापुर नगरपालिका–९ स्थायी बासिन्दा भइ हाल काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा बस्दै आएका थिए। उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
तीनैजनालाई अलग–अलग स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij