Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ

भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ

काठमाडौँ : प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ स्थित राधेराधेबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ घर भएका २६ वर्षीय केवल राई छन् ।

आरोपीको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।

आरोपीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त सानोथिमीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट