Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माछाको लोभले अनाहकमै सकियो जीवन, मोरङमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

माछाको लोभले अनाहकमै सकियो जीवन, मोरङमा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

काठमाडौं : मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।मोरङ प्रहरीका नायब उपरीक्षक (डिएसपी) कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

लिम्बूले माछा मार्न बिजुलीको पोलबाट सिधै हुक गरेर खोलामा करेन्ट लगेका थिए । अचानक करेन्ट लागेर दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।दुवै जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट