Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन : प्रचण्ड

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन : प्रचण्ड

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेको सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर छन्।

भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राखे जेठ १३ देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको माओवादी केन्द्रले (शुक्रबार जेठ ३०) यो कुरा छाड्दै सदन खुलाउन कांग्रेस र एमालेसँग दुईबुँदे सहमति गरेको छ।

सोही सन्दर्भमा आज शनिबार बिहान विराटनगर विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्रकारले प्रश्न गरे। जवाफमा उनले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि सापकोटा को कुनै साइनो सम्बन्ध छैन।’

आफ्ना उपाध्यक्ष सापकाेटाविरुद्ध लागेको द्वन्द्वकालीन हत्याको मुद्दासँग साटेर माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान साटेको आरोप लागिरहेका बेला अध्यक्ष प्रचण्डले खण्डन गरेका हुन्। उनले भिजिट भिसा प्रकरण छानबिनको मुद्दा नछाडेको जिकिर पनि गरे।

यस प्रकरणमा एक महिनाभित्र छानबिन समिति बनाउने सहमति भएपछि तत्काललाई संसद् बैठक चल्न दिने सहमति गरिएको दाबी उनले गरे। निजामती सेवा ऐन, शिक्षा सेवा ऐनलगायत महत्त्वपूर्ण ऐनहरू पारित गराउन ढिला भएकाले सदन खुलाउने सहमति गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट