Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पत्नीले कुटपिट गर्दा ३० वर्षीय युवकको मृत्यु

पत्नीले कुटपिट गर्दा ३० वर्षीय युवकको मृत्यु

भोजपुर,जेठ ३१ : भोजपुरमा पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु भएको छ। भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो।

गम्भीर घाइते उनलाई बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। प्रहरीले यो घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट