गैंडाकोट : नारायणी पुलबाट हाम फालेकी एक महिलाको जीवितै उद्वार गरेको छ।शुक्रबार साझ ६:५० बजेको समयमा भरतपुर महानगरपालिका ३ स्थित रहेको नारायणी पुलबाट हाम फालेकी बुलिङ्गटार घर भई गैंडाकोट १ बस्ने वर्ष ३८ की सुनिता बिर्कट्टा मगरलाई स्थानीय पानी मोटर बोटद्वारा जीवितै उद्धार गरिएको हो।
उनलाई उद्धार गरी उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा हाल बोल्न सक्ने भएसँगै अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij