Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

स्रोत नखुलेको १३ लाख नगदसहित सिमराबाट एक युवक पक्राउ

स्रोत नखुलेको १३ लाख नगदसहित सिमराबाट एक युवक पक्राउ

प्रहरीले स्रोत नखुलेको १३ लाख नगदसहित सिमराबाट शुक्रबार एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १६ का २० वर्षीय सुरज कुशवाह रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको नेतृत्वमा रहेको प्रहरी टोलीले कुशवाहलाई सिमराको एयरपोर्ट रोडबाट पक्राउ गरेको हो। उनले बोकेको झोलाबाट १३ लाख सात हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुशवाहको झोलाबाट एक हजार दरका एक हजार ६७ थान, पाँच सय दरका ४८० थान र एक सय दरका पाँच थान नोट बरामद गरिएको हो। झोलाबाट विभिन्न कम्पनीको बिल, भौचर, कागजातहरू र सागर मनी ट्रान्सफर वीरगन्ज लेखिएको स्ट्याम्पसमेत बरामद भएको छ।

कुशवाहले उक्त रकमको स्रोत खुलाउन नसकेपछि हुन्डीको कारोबारको आशंका प्रहरीले गरेको छ। स्रोत नखुलाएका कारण हुन्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट