Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

काठमाडौँ : रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा सालोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा घर भएका ५० वर्षीय विनोदकुमार यस्माली छन् ।

जेठ २७ मा उनले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेको रामेछापका डीएसपी भोलाकुमार भट्टले रातोपाटीलाई बताए । आरोपी यस्माली मृतकका भिनाजु हुन् । घरायसी विवादमा आरोपीले धारिलो हतियारले घाँटीमा प्रहार गरेर लवको हत्या गरेका हुन् । आरोपीबिरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट