काठमाडौं : वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।‘एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुबै जना फरार रहेका थिए,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने ।
पराजुली काठमाडौं-१६ सरस्वतीनगर बस्दै आएका थिए भने शर्मा काठमाडौं-३२ नरेफाँटमा बस्थे। पराजुलीकी श्रीमतीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij