Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

तनहुँ: चितुवाको आक्रमणबाट सोमबार बन्दिपुर-२ कुवादी कामिडाडामा पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ ।करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितुवाले चिथोरेर भागेपछि गम्भिर घाईते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो । आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।

बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेको बन्दिपुर गाउँपालिका-२ नम्बर वडा अध्यक्ष तिलकबहादुर कुँवरले जानकारी दिनुभयो ।२०७४ सालदेखि हालसम्म ६ बर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट