Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भेरी नदीमा दुईजनाको शव फेला, एक बेपत्ता

भेरी नदीमा दुईजनाको शव फेला, एक बेपत्ता

काँक्रेविहार (सुर्खेत) : जाजरकोटको नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनमध्ये दुईजनाको शव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् ।

बेपत्ताको खोजी जारी छ । शुक्रबार दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरू भेरीमा बेपत्ता भएका हुन् । जाजरकोटतर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डीएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदीभाइ हुन् । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट