Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको पतञ्जली जग्गा प्रकरणमा सिआइबीले पनि अनुसन्धान गर्ने

माधव नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको पतञ्जली जग्गा प्रकरणमा सिआइबीले पनि अनुसन्धान गर्ने

काठमाडौं : पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि छानविन गर्ने भएको छ । सो कम्पनीले भारतबाट अवैध रकम भित्राएको आशंकामा सिआइबीले अनुसन्धान अघि बढाउन लागेको हो ।सो कम्पनीले अवैध रुपमा हदबन्दीभन्दा धेरै घरजग्गा खरिद गरेको प्रकरणमा आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

अनुसन्धानको क्रममा सो कम्पनीले एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको खातामा भारतबाट बिप्रेषणका नाममा अरबौं पैसा ल्याएको देखिएको छ ।कतैबाट अनुमति नलिई सो रकम ल्याएको देखिएकाले नेपाल राष्ट्र बैंक ऐन, बैंकिङ कसुर ऐन तथा विनिमय ऐन आकर्षित हुने भन्दै आयोगले सिआइबीले बिहीबार नै पत्राचार गरेको हो ।

बाबा रामदेवले भारतमा कमाएको पैसा लुकाउनका लागि नेपालमा अवैध रुपमा भित्राएर जग्गामा लगानी गरेका हुन् । सो कम्पनीका नाममा दुई हजार पाँच सय रोपनी जग्गा भेटिएको छ । सो कम्पनीका नाइके शालिग्राम सिंह हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट