काठमाडौँ : बाँके र रसुवामा दुई किशोरीमाथि जबरजस्ती करणी भएको छ ।बाँकेमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङमो गाउँपालिका-५ तातोपानी बस्ने २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी थाम्बुचेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij