Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना

रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना

काठमाडौँ : चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन् । उनलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवले काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नगराएका हुन् ।

जिम्मा जमानीमा लिने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय प्रहरीले गरेको छ ।

जिम्मा जमानीमा लानेलाई जनही २५ हजार रुपैयाँ तिराउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता एसपी अपिल बोहराले बताए । तीनकुने घटनामा संलग्न आरोपमा मुद्दा दायर भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट