Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ

बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ

काठमाडौँ : बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शमशेर गहतराज छन् । उनले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

गहतराजविरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् । बुधवार साँझ पक्राउ परेका आरोपीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट