Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट : सर्लाही स्थित बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ।दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।

गएराति १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडीले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३–०२–०१४ प ९८७७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोपाल योन्जनको शरीरको विभिन्न भागमा चोट लागेको थियो।

घाइते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राति ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले जानकारी दिएका छन्।

दुर्घटनामा परेको मोटरसाइकल, कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने वर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट