Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद

कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद

धनगढी : कैलाली जिल्लाको विभिन्न स्थानहरूबाट चोरी गरिएका मोटरसाइकलसहित चार जना पक्राउ परेका छन्। जेठ २० गतेका दिन जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक रमेश दत्त अवस्थीको कमान्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ लोहारपुर र सो क्षेत्र वरपरका जङ्गलहरूबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका मध्ये दुई जना यसअघि पनि चोरी मुद्दामा संलग्न रही जेल सजाय भुक्तान गरिसकेका थिए। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ लोहारपुरका १४ वर्षीय नीराजन शाही, घोडाघोडी–१० पहलवानपुरका २३ वर्षीय जितेन्द्र चौधरी, र घोडाघोडी–१ लक्ष्मीपुरका १४ वर्षीय अर्का एक जना रहेका छन्। उनीहरूमध्ये केही व्यक्तिले चोरी गरिएका मोटरसाइकलहरू सस्तो मूल्यमा खरिद गरी नाफा कमाउँदै पुनः बिक्री गर्दै आएको प्रहरीको भनाइ छ।

उनीहरूको साथबाट चोरी गरिएका ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ। बरामद मोटरसाइकलहरूमध्ये केही नम्बर प्लेटबिहीन छन् भने केहीमा फरक फरक जिल्ला तथा प्रदेशको नम्बर प्लेट टाँसिएको पाइयो। ती मोटरसाइकलहरूमध्ये हिरो कम्पनीको सुपर स्प्लेण्डर र बजाज कम्पनीका पल्सर मोडलका मोटरसाइकलहरू प्रमुख रहेका छन्।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चोरीको गिरोहबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट