Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ स्थित भालुफटामा बिहान करिब सवा ४ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा बिग्रिएर रोकेको सुपप्र ०१–००२ त ५१५८ नम्बरको ट्र्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार घोडाघोडी नगरपालिका–२ का २४ वर्षीय राधेश्याम चौधरी गम्भीर घाइते भए। उपचारका लागि घोडाघोडी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–३ का २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मोटरसाइकलमै सवार अर्का व्यक्ति २२ वर्षीय अर्जुन चौधरीको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले जानकारी दिएका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट